Section 4
भन्सार कार्यालयको स्थापना
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै भन्सार क्षेत्रमा भन्सार कार्यालय वा छोटी भन्सार कार्यालय स्थापना गर्न सक्नेछ ।

(२) विपद्को कारणले गर्दा कुनै भन्सार कार्यालयबाट कार्यसम्पादन गर्न नसकिने अवस्था भएमा महानिर्देशकले कुनै भन्सार क्षेत्रमा भन्सार कार्यालय स्थापना गर्न सक्नेछ । त्यसरी स्थापना भएको भन्सार कार्यालयको प्रयोजन समाप्त भएपछि त्यस्तो भन्सार कार्यालय महानिर्देशकले खारेज गर्नेछ ।